सांसद लामालाई बोल्दाबोल्दै किन बस्न लगाए सभामुखले ? यस्तो छ कारण !

मुख्य समाचार राजनीति

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ लामु लामा तामाङलाई बोल्दा बोल्दै बस्न भनेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै गर्दा लामालाई सभामुख घिमिरेले रोकेका हुन् ।

सांसद लामाले आकस्मिक समयमा बोल्दा सभामुखलाई टिपाएको विषय भन्दा फरक विषय बोलेको भन्दै रोकेका हुन् । लामालाइ पहिला सभामुख घिमिरेले विषय सम्झाएका थिए । त्यति मात्रै होइन सांसद लामालाई बोल्दै गर्दा निर्देश गर्दै भन्नु भयो -“माननीयज्यू जे विषय माग गर्नुभएको छ, त्यही विषयमा जान निर्देश गर्दछु ।’ उहाँको निर्देशनपछि सांसद लामाले आफ्नो विषय आउनै लागेको बताउनु भएपनि विषय प्रवेश नगरेपछि सभामुखले रोकेका हुन् । ‘तपाईंले मलाई दिएको विषय र तपाई बोलेको विषय मिलेन, त्यसैले तपाईं बस्नुस्,’ सभामुख घिमिरेले सांसद लामालाई भन्नुभयो ।

4Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *