जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले कांग्रेस–एमाले नेतृत्वको सरकार कुनै कर्मको नभएको बताएको छ । आज जनकपुरमा आयोजित जागरण अभियानमा मोर्चाका नेताहरूले सरकारको निन्दा गरेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमाले गठबन्धन सरकारलाई ‘निकम्मा र नालायक’ संज्ञा दिएका छन् । उहाँले सरकारकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको दाबी समेत गरेका हुन् । कांग्रेस कहिल्यै गणतन्त्रको पक्षमा थिएन । नेपालमा वास्तविक कम्युनिस्ट पनि छैनन्, कम्युनिस्टको नाममा अवसरवादीहरू जम्मा भएका छन्, जसले संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको अध्यक्ष यादबले बताउनु भएको हो ।
प्रदेशमा सरकार बनेको पनि अधिकार र कानुनको अभावमा काम गर्न नसकेको अध्यक्ष यादवको भनाइ थियो ।

