गौर घटना बारे बोले राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतो, सबै अचम्मित, यस्तो छ भनाइ

मुख्य समाचार राजनीति

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले कांग्रेस–एमाले नेतृत्वको सरकारलाई निसाना बनाउँदै खबरदारी गरेको छ । शुक्रबार जनकपुरधाममा आयोजित जागरण अभियानमा मोर्चाका नेता तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संघीय लोकतान्त्रिक मोर्चा सरकार बनाउनका लागि नभई अधिकार दिलाउनका लागि बनेको बताउनु भयो ।

उहाँले भन्नु भयो -लामो समयदेखि अधिकारबाट वञ्चित जनतालाई अधिकार दिलाउनका लागि हामी एकजुट भएका हौँ । जनताको पूर्ण विश्वास तत्कालै नहुन सक्छ तर टुक्रा–टुक्रामा रहँदा अधिकार हासिल गर्न सकिएन । अहिलेको आवश्यकता एकजुटता हो ।’ अध्यक्ष महतोले गौर घटनालाइ पुनः उचालेर मधेसी नेताहरूलाई कमजोर पार्ने षडयन्त्र भइरहेको दाबी गर्नु भएको छ ।

पूर्ब उपप्रधानमन्त्री समेत रहेका महतोले पहिलो मधेस आन्दोलनबाट प्राप्त उपलब्धि समाप्त भएको दाबीसमेत गर्नु भएको छ ।

37Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *