उपेन्द्रका कारण ७ पार्टी अहिले छिन्नभिन्न अवस्थामा, महतोले सुनाए उपेन्द्रको कर्तुत !

मुख्य समाचार राजनीति

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफ्नो ३५ वर्षको राजनीतिक यात्रा र ब्यानर उपेन्द्र यादवले कब्जा गरेको आरोप लगाएका छन् । राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव माथि यस्तो आरोप लगाएका हुन् ।
उहाले भन्नुभयो – “मलेठ घट्ना पछि ६ दल मिलेर बनेको राजपा र त्यसपछि उपेन्द्रको पार्टीसँग भएको एकिकरणले मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा गर्यो। उहाँले “२०७२ सालमा मलेठ घटना पश्चात् सप्तरीवासीको चाहना अनुसार ६ दल मिलेर बनेको राजपा र त्यसपश्चात् यादव नेतृत्वको पार्टी समेत एकीकरण हुँदा बनेको जसपाले मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा त गर्यो नै “एक दशकअघिको ७ पार्टी अहिले छिन्नभिन्न अवस्थामा समेत पुर्यायो।”
आफु गजेन्द्र नारायण सिंहको चाहना अनुसार शासक वर्गसँग लड्न मधेश र पहाडका आदिवासी जनजातीलाई समेटेर राष्ट्रिय मुक्ति पार्टीको गठन गर्न बाध्य भएको बताउनु भयो। एक प्रसंगमा विगतमा सरकार चलाएको एमाले, काँग्रेस र माओवादी लगायत ठुला दल फेरी सत्तामा पुगेर ब्रह्मलुट मचाउने दाउमा रहेको भन्दै उनीहरुबाट सावधान रहनुपर्ने कुरामा महतोले जोड दिनु भयो ।
कार्यक्रममा पार्टीका महासचिव सन्तोष मेहता, सहमहासचिव गजेन्द्र कुमार मण्डल, राजनीतिक समिति सदस्य राजनाराण साह, जिल्ला संयोजक दीपेन्द्र चौधरी, नवप्रवेशी एवं स्व. गजेन्द्रनारायण सिंहका अनुयायी विकास तिवारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

60Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *