मोर्चाबन्दी र पार्टी एकता गर्ने छलफल सुरु भएपछी अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी २ चिरामा बिभाजित भएको छ । मधेश का मुद्धा मा नजिक रहेका पहिचान पक्ष धर नेताहरु पहिचान बादी पार्टीहरु संग पार्टी एकता गर्न चाहेका छन् भने एमाले बाट आएका राजेन्द्र श्रेष्ठ अशोक राइ लगायतका नेताहरु कम्युनिष्ट पार्टी नेकपा संग पार्टि एकता गर्ने मुडमा देखिएका छन् । जसका कारण यी २ बिचारले गर्दा नेताहरु दुई धारमा उभिएका छन् । पार्टी एकताका लागि नेपाली कम्युनिस्ट पार्टीबाट आएको प्रस्तावमा छलफल गर्न सोमबार र मंगलबार कार्यकारिणी समितिको बैठक बोलाएको थियो ।
कार्यकारिणी समितिमा स्पष्ट दुई धार देखियो । पूर्व कम्युनिस्ट धारबाट जसपा आएका नेताहरुले नेकपासँग एकता गर्न उपयुक्त हुने विचार राखेका छन् । अर्कोतर्फ, मधेसवादी दलबाट विगतमा राजनीति गर्दै आएका नेताहरुले मधेसकेन्द्रित दलहरुसँग मिल्नुपर्ने अडान लिएका छन् । वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठले नवगठित नेपाली कम्युनिस्ट पाटीसँग एकताको पक्षमा विचार राखेका थिए । श्रेष्ठको विचारमा अर्का नेता परशुराम बस्नेतले समर्थन जनाएका थिए । तर, महासचिव इस्तियाक राई र उपमहासचिव प्रदीप यादव नेपाली कम्युनिस्ट पार्टीसँग एकताको पक्षमा देखिएनन् । श्रेष्ठका अनुसार नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने गरी अघि बढ्ने गरी कार्यकारिणी समितिको बैठकले निर्णय लिएको छ । जसपामा नेपाल कम्युनिस्ट पार्टीसँग मिल्नैपर्ने अडानमा राजेन्द्र श्रेष्ठ छन् । विगतमा मधेसीवादी धारका दलबाट आएका नेताहरुको धारणा छ,‘नेपाली कम्युनिस्ट पार्टीसँग चुनावमा सहकार्य गर्न सकिन्छ । एकता गर्ने अवस्थामा पहिचानवादी शक्तिहरुसँग गर्नुपर्दछ । तर जसपाका उपमहासचिव प्रदीप यादवले खाकामा सहमति जुट्यो भने एकताको लागि छलफल हुन्छ, खाका नमिलेदेखि बाई बाइ भन्ने भनेका छन् । पार्टीले एकताको लागि खास निर्णय केही गरेको छैन । यादवका अनुसार नेपाली कम्युनिस्ट पार्टीको समग्र विषयवस्तुमा उनीहरुको धारणा सुनिसकेपछि मात्रै एकता हुने/नहुने निर्क्यौल निस्किन्छ । यसरि जसपामा २ चिरा देखिएको छ ।

