बारापछि सप्तरीमा एक बालिका मृत अवस्थामा फेला, यस्तो छ स्थानीयको भनाइ

७ भदौ, सप्तरी । सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ का इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरपछाडि मृत फेला परेकी हुन् । उनि आइतबार बिहान करिब ९ बजेसम्म बालिका घरमै देखिएकी थिइन्। त्यसपछि खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा उनको शव फेला परेको […]

Continue Reading

करिब १२ घण्टापछि सकुशल भेटिइन् कलैयाबाट हराएकी २ वर्षीया बालिका

कलैया । बाराको कलैयाबाट हराएकी २ वर्षीया बालिका करिब १२ घण्टापछि सकुशल भेटिएकी छन्। घरबाट हराएपछि परिवारजन तथा स्थानीयवासीले खोजी तीव्र पारेका थिए। खोजीका क्रममा बालिकालाई १२ घण्टापछि सकुशल फेला पारिएको हो। बालिका भेटिएपछि परिवारले राहतको महसुस गरेका छन्। घटनाबारे थप विवरण तथा बालिका कसरी हराइन् र कहाँबाट फेला परिन् भन्ने विषयमा सम्बन्धित निकायले आवश्यक अनुसन्धान […]

Continue Reading

सम्झनामा डा. राजेन्द्र बिमल – जसको एक शब्दले जिन्दगी नै बदल्ने शक्ति राख्थ्यो !

काठमाडौँ भदौं ६ गते । प्रध्यापक डा. राजेन्द्र विमलको श्रद्धाञ्जली कार्यक्रम काठमाडौँ स्थित इम्पेरीयल हाउसमा सम्पन्न भएको छ। विभिन्न वक्ताहरूले उनको व्यक्तित्व, योगदानका बारे गहन छलफल गरेका छन् । साहित्यकार विमलको साउन २६ गते जनकपुरमा उपचारको क्रममा निधन भएको थियो । सहिद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा राजनीति विश्लेषक सीके लालले डा. राजेन्द्र […]

Continue Reading

सप्तरीमा तस्करलाई पक्राउ गरेर छोडेको आरोप लागेका सईको जिम्मेवारी खोसियो

सप्तरी — सप्तरीमा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी पछि छाडेको आरोप लागेका एक प्रहरी सहायक निरीक्षक (सई) को जिम्मेवारी खोसिएको छ। तस्करीको आरोपमा पक्राउ परेका व्यक्तिलाई कानुनी प्रक्रिया पूरा नगरी छाडिएको विषय बाहिरिएपछि सम्बन्धित सईमाथि छानबिन अघि बढाइएको हो। घटनालाई गम्भीर रूपमा लिँदै प्रहरी नेतृत्वले उनको जिम्मेवारी परिवर्तन गरेको जनाइएको छ। सईले तस्करीका सामानसहित पक्राउ गरेका […]

Continue Reading

जनकपुरको गोरधोई पोखरी डिलमा डोजर चल्दै, ५० वटा पोखरीअतिक्रमण मुक्त हुने !

जनकपुरधाम — जनकपुरधाममा अतिक्रमणमा परेको गुठीको जग्गा खाली गराउने अभियान सुरु भएको छ। लामो समयदेखि विभिन्न व्यक्ति तथा संरचनाले ओगटेको गुठीको जग्गामा सम्बन्धित निकायले डोजर चलाउन थालेको हो। गुठीको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका टहरा तथा अन्य संरचना हटाउने क्रममा डोजर प्रयोग गरिएको जनाइएको छ। अतिक्रमण हटाउने क्रममा सुरक्षाकर्मी तथा सम्बन्धित निकायका कर्मचारीसमेत परिचालन गरिएको […]

Continue Reading

अहिले संविधान संशोधन भयो भने मधेसले पाएको सबै अधिकार स्वाहा :- वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं ३१ साउन सहिद संजय चौधरी स्मृति प्रतिष्ठानद्वारा संघिय राजधानीमा आयोजित कार्यक्रम मधेस : अबको बाटो बिषयको अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा पूर्ब न्यायाधीश गिरिश चन्द्रलाल, मधेस प्रदेशका पूर्व मुख्य न्यायधीवक्ता वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कृष्ण मुरारी रौनियार,अभियन्ता माजीद अन्सारी लगायत ४ दर्जन जेन जी पुस्ता […]

Continue Reading

नयाँ तलबमान अनुशार प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार ! अरुको कति ?

२९ साउन, काठमाडौं । सरकारले न्यायपालिका सहित अन्य संवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ । नयाँ तलबमान १ साउन, २०८३ देखि नै लागू हुनेछ । अब नयाँ तलबमान अनुशार प्रधानन्यायाधीशको एक महिनाको तलब एक लाख १२ हजार ५२२ हुनेछ । त्यसैगरी न्यायाधीशहरुको तलब ९३ हजार ५४७ रुपैंया हुनेछ । न्यायपरिषदका सदस्य र महान्यायाधीवक्ताको तलब […]

Continue Reading

बुहारीको कर्तुतका कारण आमा-छोरा हत्या, बुहारी पक्राउ, यस्तो छ कर्तुत !

१४ माघ, बारा । एकै परिवारका आमा छोरा हत्यामा बुहारी पक्राउ परेकी छिन। त्यसैगरि प्रहरीले एक युवक समेत पक्राउ गरेका छन् । बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका […]

Continue Reading

रितिदै उपेन्द्रको जसपा, सर्लाहीमा केन्द्र-जिल्लाका नेताहरु राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश

सर्लाही, ३० साउन । राजनीतिक रुपान्तरणको क्रमलाई अझ सशक्त बनाउँदै, जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ जिल्ला उपाध्यक्ष गणेश यादव आज आफ्नो सयौं समर्थकसहित राष्ट्रिय मुक्ति पार्टी नेपालमा औपचारिक प्रवेश गरेका छन्। मलंगवामा आयोजित भव्य कार्यक्रममा यादवसँगै जसपा केन्द्रीय सदस्य आरती झा, जिल्ला उपाध्यक्ष मुकेश पण्डित, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, नेपाली कांग्रेसबाट निर्वाचित हरिपुर्वा नगरपालिकाका […]

Continue Reading

ठाकुरको काम कारबाहीबाट झा असन्तुष्ट, आसेपासेको हाली मुहाली, पार्टी घोषणा गर्दै झा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट राजीनामा दिएका अनिल कुमार झाले नेपाल सद्भावना पार्टीलाई आफ्नो अध्यक्षतामा घोषणा गर्ने तयारी गरेका छन् । लोसपा नेपालका वरिष्ठ नेताा अनिल झाले पार्टी छाडेका छन् । उनले गत असार ४ गते नै राजीनामा दिएका हुन् । लोसपा नेपालले नेता झाको राजीनामा गत साउन ४ गते स्वीकृत गरेको हो । नेपाल […]

Continue Reading