मधेश सरकारको मस्ती- देश पानिमा डुब्दै, ४ करोडको विलासी गाडी खरिद गर्दै

मुख्य समाचार प्रदेश समाचार राजनीति

२ असोज, जनकपुरधाम । मधेश सरकारले करौडौं पर्ने विलासी गाडी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । श्रम तथा यातायात मन्त्रालयले ४ करोड मूल्य पर्ने विलासी गाडी खरिद गर्न भदौ २५ मा नै बोलपत्र आह्वान गरिसकेको समाचार प्राप्त भएको छ ।

श्रम तथा यातायात मन्त्रालयको शीर्षकमा चालु आर्थिक वर्षमा चार पांग्रे गाडी खरिदका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । अब नपुग रकम अर्थ मन्त्रालयलाइ अर्थात ५० लाख रुपैयाँ थपिदिन श्रमले पत्र पठाएको छ । मुलुक आर्थिक दबाब र रसुवाको विनाशकारी बाढीपछि अस्तव्यस्त रहेका बेला मधेश सरकार मस्ती गर्दै ४ करोडको गाडी चढ्ने रहर पुरा गर्न अगाडी बढेको छ ।

गाडी खरिद प्रक्रिया अघि बढाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयबाट पत्राचार भएको श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले बताएका छन् । तर अर्थ मन्त्रालयले अति विशिष्ट व्यक्तित्वको लागि गाडी खरिद गर्न भने बजेट नरोकिएको दाबी गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *