आन्दोलनको राप र तापमा जन्मेको सरकार यस्तो हुन्छ ? के हेरेको कार्की सरकारले ?- महतो

सरोज “खिलाडी“ काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय समितिको चारदिने बैठकमा हालको राजनीतिक परिवेश, आन्दोलनपछिको स्थिति, सरकारको कार्यशैली र आगामी निर्वाचनका तयारीलगायत विषयमा छलफल भएको छ । बैठकले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ । बैठकमा अध्यक्ष राजेन्द्र महतोले आन्दोलनको मर्म र जनभावना सरकारले नबुझेको आरोप लगाउनु भयो । […]

Continue Reading

सिकेलाई राजीनामा दिन २४ घण्टे अल्टिमेटम, राउतले भने- “ढोका खुला छ निस्किहाल”

काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् । पार्टीका उपाध्यक्ष अब्दुल खान सहित ६ जना नेताले हस्ताक्षर गरेर सो माग गरेका हुन् ।   जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा […]

Continue Reading

कांग्रेस–एमालेको सरकार कुनै कर्मको नभई ‘निकम्मा र नालायक’ हो – उपेन्द्र

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले कांग्रेस–एमाले नेतृत्वको सरकार कुनै कर्मको नभएको बताएको छ । आज जनकपुरमा आयोजित जागरण अभियानमा मोर्चाका नेताहरूले सरकारको निन्दा गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमाले गठबन्धन सरकारलाई ‘निकम्मा र नालायक’ संज्ञा दिएका छन् । उहाँले सरकारकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको दाबी समेत […]

Continue Reading

गौर घटना बारे बोले राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतो, सबै अचम्मित, यस्तो छ भनाइ

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले कांग्रेस–एमाले नेतृत्वको सरकारलाई निसाना बनाउँदै खबरदारी गरेको छ । शुक्रबार जनकपुरधाममा आयोजित जागरण अभियानमा मोर्चाका नेता तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संघीय लोकतान्त्रिक मोर्चा सरकार बनाउनका लागि नभई अधिकार दिलाउनका लागि बनेको बताउनु भयो । उहाँले भन्नु भयो -लामो समयदेखि अधिकारबाट वञ्चित जनतालाई अधिकार दिलाउनका लागि हामी […]

Continue Reading

सिके राउतको मुखौटा मधेशी भएपनि उहाँको कर्म कुकर्म अर्कै छ, पर्दाफास हुन्छ – महतो

राजविराज, भदौ १९ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनमत पार्टी मोर्चाबाट आफै अलग नभएर कसैको इशारामा अलग भएको बताएका छन । बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले जनमत पार्टी मोर्चाबाट भागेको बताउनु भएको छ । शाषक वर्गलाई नै मजबुत तुल्याउने षडयन्त्र र कसैको इशारामा लागेर जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले […]

Continue Reading

महतोको आक्रोश : जुट मिलदेखि गोरखकाली टायरको कारखाना सम्म कसले बेचेर खायो ?

सप्तरी, भदौ १८ । संघीय लोकतान्त्रिक मोर्चाका शीर्ष नेताहरु भूमि ऐनले मधेशीहरुलाई एकजुट भएर लड्न बाध्य बनाएको बताएका छन । राष्ट्रिय मुक्ति पार्टी नेपालको समन्वयमा जनजागरण अभियान अन्तर्गत आज राजविराजको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा शीर्ष नेताहरुले मधेशीलाई मधेशमै अल्पमतमा पार्ने भूमि ऐन विरुद्ध एकजुट हुनुको विकल्प नरहेको बताए । कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका […]

Continue Reading

सांसद लामालाई बोल्दाबोल्दै किन बस्न लगाए सभामुखले ? यस्तो छ कारण !

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ लामु लामा तामाङलाई बोल्दा बोल्दै बस्न भनेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै गर्दा लामालाई सभामुख घिमिरेले रोकेका हुन् । सांसद लामाले आकस्मिक समयमा बोल्दा सभामुखलाई टिपाएको विषय भन्दा फरक विषय बोलेको भन्दै रोकेका हुन् । लामालाइ पहिला सभामुख घिमिरेले विषय सम्झाएका […]

Continue Reading

७ प्रदेशको सीमाङ्कन अवैज्ञानिक, आदिवासी, मधेसी र थारुको पहिचान खोइ ? – महतो

१७ भदौ, मोरङ । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा) का अध्यक्ष राजेन्द्र महतोले सरकारले मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका भाषा, वेशभूषा, धर्म एवं संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ । पार्टीको मोरङ कमिटीले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सबै पार्टीहरुले जनताको समृद्धिको चाहना पूरा गर्न एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । […]

Continue Reading

माओबादीको निशानामा उपेन्द्र, सबै दोष खन्याउदै भने – “सामूहिक हत्या गर्न पाइँदैन”

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले गौर हत्याकाण्ड प्रकरण राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि घेराबन्दी गरेर कसैको पनि सामूहिक हत्या गर्न नपाइने बताएको छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै गौर हत्याकाण्डबारे निष्पक्ष, स्वतन्त्र ढङ्गले न्यायिक छानबिन हुनुपर्ने गुरुङ्गले बताएका छन् । उनले केही दिनअघि जसपा नेपालका […]

Continue Reading

जग्गा दलालको हित हुने भूमि विधेयकविरुद्ध जसपाले ठाउँ ठाउँमा जनप्रदर्शन गर्दै

७ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले भूमि विधेयकका विरुद्धमा सडक प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ । पार्टीका महासचिव लालबाबु राउतले प्रेस वक्तव्य जारी गर्दै भदौ ९ गते देखि देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन हुने जानकारी दिएका छन् । वक्तव्यमा भनिएको छ -‘भूमि विधेयकका विरुद्ध कडा प्रतिकर गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम […]

Continue Reading