हनुमान अंश सिनेमा जसले पछिल्लो समय भारतीय बक्स अफिसमा तहल्का नै पिट्यो । तर, सिनेमाको सुरुवातमा ठूला हिन्दी सिनेमाहरूको जस्तो व्यापक प्रचारप्रसार थिएन । तर पनि यो सिनेमा केही महिनायता चर्चामा रहिरहेको छ ।
सिनेमामा लक्ष्मी नारायण आफ्नी आमाको मृत्युपछि घर छाडेर हिँड्छन् । यदि आफू भगवानसम्म पुग्न सके सायद आफ्नी आमालाई पुनः भेट्न सकिन्छ होला भन्ने उनलाई लाग्छ । पछि गएर उनको यो खोज मान्छेहरूको सेवा गर्ने र भोकाहरूलाई भोजन दिनेसँग जोडिन्छ ।
सिनेमामा तिनै नीब करौरी बाबाको भूमिका शोभिनव सत्याले निभाएका छन् । फिल्मसँगै उनको अभिनयलाई लिएर पनि व्यापक प्रशंसा भइरहेको छ ।
तर, सुरुमा त्यस भूमिकामा शोनिनव अलमलमा परेका थिए । दर्शकहरूले त्यस भूमिमामा आफूलाई स्विकार गर्छन् कि गर्दैनन् भन्ने उनलाई लागेको थियो । तर, सिनेमा रिलिजपछि उनको अभिनयलाई लिएर दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिए ।
द इन्डियन एक्सप्रेसकी सिनेमा समीक्षक शुभ्रा गुप्ताका अनुसार शोभिनवले आफ्नो अनुहारको भाव, गाम्भीर्य र मौनतामार्फत चरित्रलाई न्याय गरेका छन् ।
यो सिनेमा सुरुवाती दिनमा हलमा खासै चल्न सकेको थिएन । तर, हनुमान अंशलाई सिनेमाघरहरूमा टिकाइराख्न रागिनीको महत्त्वपूर्ण भूमिका रह्यो । स्क्रीनलाई दिएको अन्तर्वार्तामा उनले दोस्रो हप्ता सिनेमा देखाउने सिनेमाघरहरूको सङ्ख्या निकै घटेको बताएकी थिइन् । तर, त्यससमय उनले र विशाल चतुर्वेदीले सिनेमालाई निरन्तर चलाउने निर्णय गरे ।
यस सिनेमाकी अर्की निर्माता हुन्, नम्रता सिंह । उनले लामो समय डिजिटल मिडिया र मनोरञ्जन क्षेत्रमा काम गरेकी छिन् । नम्रताले बलिवुड हङ्गामालाई बताए अनुसार यो कथाबाट तीन वटा सिनेमा बनाउने योजना थियो ।
सेप्टेम्बर २०२६ मा उत्तर प्रदेश सरकारले नीब करौरी बाबासँग सम्बन्धित स्थानहरूलाई एउटा धार्मिक पर्यटन मार्गमा जोड्ने योजना अघि बढाएको थियो । इन्डियन एक्सप्रेसका अनुसार प्रस्तावित सर्किटमा फिरोजाबादको अकबरपुर, फर्रुखाबादको नीब करौरी धाम, लखनउको हनुमान सेतु मन्दिर र वृन्दावनमा बाबासँग सम्बन्धित स्थानहरू समेटिएका छन् ।
अर्कोतिर, यो फिल्मका निर्माताहरूले भने दोस्रो भाग बनाउन काम सुरु गरिसकेका छन् ।
