हलमा संख्या कम हुँदा नेपालीको कमी थिएन, बालेनको भाषणमा ताली र हुटिङले बिदेशी अचम्मित

मुख्य समाचार राजनीति

९ असोज, न्युयोर्क (अमेरिका) । ४२औँ स्ट्रिटस्थित इस्ट रिभरको किनारामा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालय बाहिर जनरल हलमा विश्वका सरकार प्रमुख र राष्ट्र प्रमुखहरूले गरम बहस गरिरहेका थिए ।

प्रधानमन्त्री बालेन शाह ग्रान्ड सेन्ट्रलस्थित हायात होटेलबाट सम्बोधनका लागि राष्ट्रसंघ मुख्यालय जाँदै गर्दा बाटोबाटै नेपालीहरूले उनको स्वागतमा नारा लगाएका थिए । साँझ को समय भएको कारण हलको मुख्य कक्षमा सहभागीहरूको संख्या कम हुँदै गएको थियो ।
प्रधानमन्त्री बालेनलाई पर्खने नेपालीहरूको कमी थिएन । कारण यो थियो कि भर्खरै बाढि बाट नेपालले जुन क्षति बेहोरेको छ त्यसको प्रधानमन्त्री बालेनाले जलवायु न्यायको पक्षमा विश्व समुदायले सुन्ने गरी आवाज उठाओस् ।

प्रधानमन्त्री बालेनको सम्बोधनले त्यो सबै कुरा राखिदियो जुन आम नेपालीले पूरा गरिदिएको अनुभव उनीहरूले गरेको उनले बोलिरहँदा सुनिएका ताली र हुटिङबाट पनि बुझिन्थ्यो । प्रधानमन्त्री शाह भोटेकोशीको विनाशकारी बाढीका कारण हजारौँको ज्यान र खर्बौँको सम्पत्ति नष्ट भएपछि त्यसबारे विश्वको थप ध्यानाकर्षण गर्ने उद्देश्यका साथ उनी न्यूयोर्क आएका हुन् ।

भोटेकोशी बाढीका कारण भएको अकल्पनीय विनाशबारे उनले भावुक ढंगले कुराकानी राखेका थिए । ‘ती परिवार, जो कहिल्यै घर नफर्कने आफ्ना प्रिजयनलाई पर्खिरहेका छन्, लेदो, ढुङ्गामाटो, पानीभित्र आफ्ना मानिसहरूको खोजी गरिरहेका छन्, जसको शरीर अब कहिल्यै नभेटिन सक्छ । म तिनका बारेमा बोल्न चाहन्छु’, उनले सुरुमै भनेका थिए ।

उनले संसारभरिका देशले साझा अभियान बनाएर यसविरुद्ध लड्नुपर्ने र हिमालबाट आएका चेतावनीहरूलाई गम्भीर ढंगले सुन्नुपर्ने बताए ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *