मनिष सुमन, प्रदेश सांसदसहित १८ भन्दा बढी नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा

मुख्य समाचार राजनीति

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका ३ सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बबरमहलबाट जसपा नेपालले गौर हत्याकाण्डको विषयलाई लिएर मसाल जुलुस निकालेको थियो । जुलुसको क्रममा प्रहरीले जसपाका सङ्घीय सांसद मनिष सुमन, त्यसैगरी २ जना प्रदेश सांसदका साथै १८ जनाभन्दा बढी नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मधेस प्रदेश सांसद किरन साह,लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पूर्व मधेस प्रदेश सांसद विक्की यादव,पूर्व सांसद शशि कपुर मिया,समाजवादी महिला सङ्घकी केन्द्रीय अध्यक्ष निर्मला यादव,समाजवादी युवा सङ्गठनका महासचिव दिलिप पटेल,उपमहासचिव रेनु राज सिंह,सचिव मनिष यादव पनि प्रहरी नियन्त्रणमा छन् । यस्तै समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष मनिष यादव,केन्द्रीय सदस्य बबी सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । २०६३ साल चैत ७ गते रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी–निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाबिच भएको झडपमा माओवादी पक्षका २७ जनाको हत्या भएको थियो ।

सोमबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालय रौतहटलाई छानबिन अघि बढाउन परमादेश जारी गरेको हो । यससँगै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अनुसन्धानमा तानिने भएका छन् ।

42Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *