सरोज “खिलाडी”
केहि दिन यता मधेश प्रदेशको राजनीति हिन्दि फिल्ममा देखाएको जस्तो देखिन थालेको छ । खास गरेर भिलेनको रुपमा एमालेले आफ्ना पावर देखाउन थालेका छन् । सबै राजनीतिक दल एकै ठाउमा उभिए पनि एकलै एमालेले बितण्डा नै मचाएको छ । त्यसको मुख्य कारण हो मधेश प्रदेशमा सभामुख देखि प्रदेश प्रमुख सम्म एमालेको कोटा बाट जागिर खानु। यिनीहरु सबै आफू एमाले हो भनेर निर्णय गर्ने गरेका छन् । जब कि संबिधान अनुशार यस्तो प्रतिष्ठित पदमा पुगेको मान्छे जनताको हुन्छ पार्टीको होइन । मधेशमा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले पाँचजना सांसदलाई कारबाही गरेका छन् ।
लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले पाँचजना सांसदलाई पदमुक्त गरेका हुन् । नागरिक उनमुक्ति पार्टीकी सांसद, उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, सप्तरी, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारमाथि कारबाही गरेका हुन् । यता मधेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले प्रतिवाद गरेकी छन् । उनले सूचना जारी गरेर पदमुक्त भएका भनिएका पाँच जना प्रदेश सभा सदस्यको कारबाही बदर भएको जनाएकी छन् । विहीबार नै उपसभामुख बबिता कुमारीले जारी गरेको सूचनामा उनीहरु कात्तिक २२ गतेको बैठकमा उपस्थित भएको हाजिरी र भिडियो रेकर्ड रहेको भन्दै उनीहरुमाथिको कारबाही बदर भएको उल्लेख छ ।

