कार्कीले प्रचण्डलाई भने-“नानाथरि कुरा गरेर अध्यक्ष पड्काउने हैन छाडेर जाँदा हुन्छ !

मुख्य समाचार राजनीति

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले क्रान्तिको अगुवाइ र नेतृत्व गर्न पार्टीको कार्यकारी पदमा बसिराख्न जरूरी नभएको बताएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनिराख्ने ‘अझै एक पटक क्रान्तिको नेतृत्व गर्न मन छ’ कुराप्रति लक्ष्य गर्दै उनले कोही पनि पदाधिकारी क्रान्तिको अगुवाइ र नेतृत्व गर्न पदमा बसिराख्न जरूरी नभएको टिप्पणी गरेका हुन्।

उहाँले भन्नु भयो -एउटा खास उमेरमा पुगेपछि, खास अनुभव गरिसकेपछि हामीले अर्को रोलमा जानुपर्छ। हामी कार्यकारी भूमिकामा रहनु हुँदैन। ठीक छ, क्रान्तिको नेतृत्व गर्ने, अगुवाइ गर्ने तर त्यसको निम्ति पार्टीको कार्यकारी पदमा बसिराख्न जरूरी छैन,’ अध्यक्ष प्रचण्डलाई लक्ष्य गर्दै सचिव कार्कीले यस्तो बताउनु भएको हो । उहाँले थप्नु भयो -पदाधिकारी चाहिँ हामी युवालाई, नयाँ उत्साह भएकाहरूलाई ल्याउन सक्छौं। हामीले वैचारिक, नेतृत्व दिनुसक्छौं। त्यसको निम्ति अब संगठनमा पनि नयाँ प्रकारको संरचना बनाउन आवश्यक छ ।

पार्टी र सत्ता कुनै पनि कुराको आयु हुने उल्लेख गर्दै व्यक्तिमा जस्तै पार्टीमा पनि कमजोरी हुन सक्ने उहाँको भनाइ रहेको थियो ।

47Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *