देशलाई लुटने पार्टी कांग्रेस, एमाले र माओवादी, मधेसी दल सत्ताको लोभी- महतो

मुख्य समाचार राजनीति

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) ले देशलाई पालैपालो कंगाल बनाएको आरोप लगाएका छन् । पार्टी कार्यालयमा जारी कार्यकारिणी समितिको बैठकमा समसामयिक राजनीति प्रस्ताव पेस गर्दै महतोले यस्तो आरोप लगाएका हुन् । महतोले आफ्नो प्रतिवेदनमा हालको राजनीतिक परिदृश्यको समीक्षासहित प्रमुख दलहरूको भूमिका कमजोर भएको उल्लेख गरेका छन् । जसमा राष्ट्रिय स्वाधीनता र जनताको मुक्ति सुनिश्चित गर्न वैकल्पिक आन्दोलन अपरिहार्य भएको निष्कर्ष निकालिएको छ । नेपाली कांग्रेसले विगतमा लोकतान्त्रिक आन्दोलनमा भूमिका खेले पनि हाल दक्षिणपन्थी चरित्र लिँदै दमनकारी शक्तिको रूपमा देखिएको आरोप लगाइएको छ ।

यस्तै जातीय, लैङ्गिक र क्षेत्रीय समानताको सवालमा यसको दृष्टिकोण अनुदार रहेको उल्लेख गर्दै अध्यक्ष महतोले कांग्रेसले राष्ट्रिय मुक्तिको प्राथमिकता विरोधी शक्ति बनेको आरोप मगाएका छन् भने एमालेलाई सत्तामा रहँदा निरङ्कुश प्रवृत्तिको अभ्यास गरेको र अहिले जनताबाट टाढिएको दलका रूपमा चित्रण गरेका छन् । त्यसैगरी माओवादीलाई सशस्त्र युद्ध र जनआन्दोलनमार्फत सत्ता हासिल गरे पनि वर्गीय र राष्ट्रिय सवालमा सम्झौता गर्दै प्रतिक्रियावादी शक्तिमा परिणत भएको उल्लेख गरिएको छ ।

त्यस्तै, मधेसी दलहरूबारे २०६३/०६४ को मधेस आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेले पनि अहिले सत्तामा सहभागिता मात्रै सीमित भएको र मधेसी जनताको वास्तविक मुद्दा उठाउन असफल भएको आरोप लगाइएको छ ।

222Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *