राजेन्द्र र अशोकले कार्यगत एकता गर्दा उपेन्द्रको जसपामा रुवाबासी किन ? यस्तो छ कारण !

राजनीति मुख्य समाचार

सरोज “खिलाड़ी”

काठमाडौँ । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबिच बिहीबार कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर भयो । अशोक राई नेतृत्वको जसपा र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गर्दै १८ बुँदे उद्देश्य, १३ बुँदे सङ्गठनात्मक संरचना सञ्चालन विधि र र ६ बुँदे आचारसंहितामा हस्ताक्षर गरेका थिए ।

यो एकतालाई पहिचानबादी पार्टी नेता र कार्यकर्ताहरुले स्वागत नै गरेका छन्। तर यहि स्वागतको बिचमा उपेन्द्र यादब नेतृत्वको जनता समाजबादी पार्टीका नेता कार्यकर्ताहरुमा तनाब देखिएको छ । उपेन्द्र नेतृत्वका जसपाका नेताहरुले अचम्म मान्दै कसैले एकता हुनै नसक्ने त कसैले राजनीति बेइमानीको संज्ञा दिएका छन् । पहिचानबादी शक्ति एकै ठाउँमा उभिनु राम्रो संकेत हुँदाहुँदै किन जसपाका नेताहरुमा तनाब उत्पन्न भयो त ? यस्तो छ कारण !
मधेशबादी पार्टीहरुमा सम्भवतः अहिले पनि उपेन्द्र यादबको पार्टी ठिकै आकारको पार्टी छ । मधेशमा उपेन्द्रलाइ टक्कर दिन सक्ने कोहि नेता छन् भने उनि हुन् राजेन्द्र महतो । राष्टिय मुक्ति पार्टी (रामुपा) का अध्यक्ष समेत रहेका महतो अहिले पार्टी निर्माणमा लागेका छन् । अहिले रामुपाको देशैभरि नै पार्टी निर्माण भैसकेको र त्यसको आकार बढाउने कार्य भैरहेको छ । यता उपेन्द्र यादबले सर्बोच्चमा अशोक राइको पार्टी खारेजी देखि सांसदहरुको पद समेत जाने गरि मुद्धा हालेका छन् । यदि उपेन्द्रको पक्षमा फैसला भएपनि वा अशोक राइ नेतृत्वको जसपा पार्टी खारेज भएपनि वा सांसदहरुको पद गएपनि पार्टी एकता पछि अशोक राइलाइ खासै फरक पर्दैन। बरु दुइ पार्टी एक हुँदा नेपालै भरि पहिचानबादी पार्टीहरुमा शक्तिको हिसाबमा पहिलो पार्टी हुने निश्चित छ । त्यति मात्र होइन स्रोतका अनुशार चुनाब जति जति नजिकदै जाने छन् त्यतिनै उपेन्द्र पार्टीका नेताहरु पार्टी छोड्ने लाइनमा छन्। पहिलो त के उपेन्द्रको पार्टी चुनाब पछाडी तेस्रो पार्टी बन्नेमा पनि शंका छ । त्यसैले अहिले अशोक राइ र राजेन्द्र महतो एक ठाउमा आउने देखेर उपेन्द्रको जसपामा खैलाबैला नै मचेको छ ।

30Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *