२० भदौ, काठमाडौं । ग्यासको मूल्यवृद्धिलाई लिएर सत्तारुढ दल (रास्वपा) भित्रै असन्तुष्टि देखा परेको छ । यो विषयलाई लिएर संसद्मा विरोध जनाउने असन्तुष्ट सांसदहरूले तयारी गरेका छन् ।
भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभिर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मूल्य बढाएका छन् । यो मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ । यसअघि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ थियो ।
आगामी २४ गतेपछि सदनमा यी विषयहरू प्रवेश पाउने रास्वपाकै सांसद बदन भण्डारीले बताएका छन्। नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले भने अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको दाबी गरेका छन् ।

