१७ भदौ, मोरङ । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा) का अध्यक्ष राजेन्द्र महतोले सरकारले मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका भाषा, वेशभूषा, धर्म एवं संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको छ । पार्टीको मोरङ कमिटीले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सबै पार्टीहरुले जनताको समृद्धिको चाहना पूरा गर्न एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सात प्रदेशको सीमाङ्कन अवैज्ञानिक भएकाले यसमा सुधार आवश्यक रहेको धारणा अध्यक्ष महतोले राख्नु भएको छ। उहाँले सङ्घीयतामा सुधार गरी आदिवासी जनजाति, मधेसी, थारुलगायतको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिनु भएको छ ।
उहाँले भारतसँगको सुदूरपश्चिमको सीमाको कालापानी, लिपुलेक र लिम्पियाधुरा विवाद वार्ता एवं संवादबाट समाधान गर्न सुझाव दिएका छन्।