काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले गौर हत्याकाण्ड प्रकरण राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि घेराबन्दी गरेर कसैको पनि सामूहिक हत्या गर्न नपाइने बताएको छ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै गौर हत्याकाण्डबारे निष्पक्ष, स्वतन्त्र ढङ्गले न्यायिक छानबिन हुनुपर्ने गुरुङ्गले बताएका छन् । उनले केही दिनअघि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डलाई राजनीतिक घटना भनेकोप्रति लक्षित गर्दै राजनीतिक प्रकृतिको घटना जस्तो देखिए पनि घेराबन्दी गरेर सामूहिक हत्या गर्न नपाइने स्पष्ट पारे । मानव अधिकार आयोगले पनि अध्यक्ष यादवप्रति लक्षित गर्दै प्रतिवेदन बुझाएको दाबी समेत गुरुङ्गले गरेका छन् । माओवादीले अदालतले गरेका फैसला जस्तो भएपनि स्वीकार गर्ने गुरुङ्गले बताएका छन् ।
महासचिव गुरुङले अदालतले गर्नुपर्ने कतिपय निर्णयहरूका सन्दर्भमा नीतिगत रूपमा हेर्दा अदालतले ध्यान पुर्याउन नसकेको भएपनि न्यायिक निकायले निष्पक्ष र स्वतन्त्र ढङ्गले काम गर्नुपर्ने उनको भनाइ रहेको छ ।