७ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले भूमि विधेयकका विरुद्धमा सडक प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ । पार्टीका महासचिव लालबाबु राउतले प्रेस वक्तव्य जारी गर्दै भदौ ९ गते देखि देशका प्रमुख शहरहरूमा विरोध प्रदर्शन हुने जानकारी दिएका छन् ।
वक्तव्यमा भनिएको छ -‘भूमि विधेयकका विरुद्ध कडा प्रतिकर गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम यही भाद्र ९ देखि १५ गतेसम्म देशका विभिन्न शहरहरुमा ब्यापक विरोध प्रदर्शन हुने भएको हुनाले ब्यापक सहभागी भइ सहयोग गरिदिमु हुन अनुरोध गर्दछु ।
भदौ ५ मा प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट अगाडि बढेको विधेयकले जनतालाई भन्दा पनि भू–माफिया, जग्गा दलालको हित हुने र तराई/मधेश मरुभूमिकरण हुने जसपा नेपालले जनाएको छ ।