सत्तामा अल्झिनुको अर्थ रहेन भनेका यादव फेरी केपीको शरणमा, अबेर रातिसम्म छलफल

मुख्य समाचार राजनीति

३१ असार, काठमाडौं । उपेन्द्र यादवको नेतृत्वको जनता समाजवादी (जसपा) नेपालले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट संकेत गरेको थियो । सरकार असफल रहनुमा भ्रष्टचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार नहुनु लगायतलाई जसपा नेपालले ठहर गरेको थियो । जसपा नेताहरूले प्रतिक्रिया दिएका थिए, ‘सत्तामा अल्झिरहनुको कुनै अर्थ रहेन । तीन सातासम्म संसदीय दलको बैठक आह्वान नगरेका यादव हिजो भने सत्ताका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेसँगको छलफलमा सहभागी भए । वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवलाई लिएर अध्यक्ष यादव सोमबार साँझ बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा सहित दुवै दलका नेताहरूसँग अबेर रातिसम्म छलफल गरे । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी पनि तत्कालका लागि मत्थर भएको छ । मधेसवादी दलहरूको मोर्चाको बैठक नै डाकेर भूमि विधेयकमा समान धाारणा बनाइएको छ । विधेयकले भूमि व्यवस्थापन र जग्गाको अभिलेख राख्ने प्रदेशको क्षेत्राधिकार हस्तक्षेप गर्ने गरी विधेयक ल्याइएको निष्कर्ष मोर्चाको छ । सत्ता दलको एक शिर्ष नेताका अनुशार भूमि विधेयकमा सहमति कार्यदलले जुटाउँछ , सहमति जुटेपछि जसपा नेपाललाई सरकारमा सहभागी गराउन छलफल हुन्छ । जसपा नेपाल पनि सकरात्मक छ ।’

2Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *