ग्यासको मूल्य २१ सय हुनु ठूलो कुरा होइन, मासुको तुलनामा सस्तो- निगम कार्यकारी साह

मुख्य समाचार राजनीति

२० भदौ, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउने एलपी ग्यासको मूल्यलाई लिएर अन्य उपभोग्य वस्तुको तुलनामा ग्यास अझै सस्तो रहेको दाबी गरेका छन्।

आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ग्यास नेपालमा उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने वस्तु भएकाले मूल्यभन्दा पनि आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। बजारमा १ किलो मासुलाई १७-१८ सय रुपैयाँ पर्छ, जुन एक छाक वा एक दिनमै सकिन्छ,’ मूल्यको तुलना गर्दै साहले भने, ‘तर करिब २१ सय रुपैयाँ पर्ने एक सिलिन्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्छ।

२१ सय रुपैयाँ मूल्य हुनु ठूलो कुरा नभएको भन्दै उनले मुख्य कुरा उपभोक्तालाई प्राथमिकता दिएर उनीहरूको चुलो कसरी बाल्ने भन्ने रहेको र यो सबैको साझा दायित्व भएको बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *