राजेश अहिराज बलात्कार आरोपमा पक्राउ, ५ दिन म्याद थप, यस्तो छ आरोप

मुख्य समाचार राजनीति

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो l

झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए । काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । उक्त अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको हो । उनीविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् ।

सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अहिराजले पीडितलाई काठमाडौँ स्थित उनको निवासमा गएर बलात्कार गरेको आरोप छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *