रितिदै उपेन्द्रको जसपा, सर्लाहीमा केन्द्र-जिल्लाका नेताहरु राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश

प्रदेश समाचार मुख्य समाचार राजनीति

सर्लाही, ३० साउन । राजनीतिक रुपान्तरणको क्रमलाई अझ सशक्त बनाउँदै, जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ जिल्ला उपाध्यक्ष गणेश यादव आज आफ्नो सयौं समर्थकसहित राष्ट्रिय मुक्ति पार्टी नेपालमा औपचारिक प्रवेश गरेका छन्।

मलंगवामा आयोजित भव्य कार्यक्रममा यादवसँगै जसपा केन्द्रीय सदस्य आरती झा, जिल्ला उपाध्यक्ष मुकेश पण्डित, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, नेपाली कांग्रेसबाट निर्वाचित हरिपुर्वा नगरपालिकाका पूर्व वडा अध्यक्ष पुरुषोत्तम राय यादव, पूर्व वडा सदस्य जाहिर अन्सारी, माओवादी परित्याग गरेका रामसोगारथ राय र जवाहर साह लगायतका स्थानीय प्रभावशाली नेताहरू पनि राष्ट्रिय मुक्ति पार्टीको सदस्य बनेका छन्।

नवप्रवेशीहरूलाई पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतो र वरिष्ठ उपाध्यक्ष राम नरेश रायले फूलमाला र सदस्यता प्रमाणपत्र प्रदान गर्दै औपचारिक स्वागत गरे। कार्यक्रममा पार्टीका सह-महासचिव कौशलेन्द्र शर्मा, निर्वाचन समिति संयोजक अरुण कुमार सिंह, लेखा समिति अध्यक्ष राजेश यादव, सचिव हुसेन खान, राष्ट्रिय महिला मंचका अध्यक्ष बेबी राजभण्डारी, जिल्ला अध्यक्ष बिनोद साह लगायतका केन्द्रीय तथा जिल्ला स्तरका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा सहभागी हुन हरिपुर्वा, पर्सा र ब्रह्मपुरी क्षेत्रबाट मोटरसाइकल र स्कर्पियो गाडीको र्याली सहित आएका कार्यकर्ताहरूले मलंगवा बजारमा उत्साहपूर्ण परिक्रमा गर्दै प्रवेश कार्यक्रमलाई ऐतिहासिक स्वरुप दिएका थिए।

35Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *