ठाकुरको काम कारबाहीबाट झा असन्तुष्ट, आसेपासेको हाली मुहाली, पार्टी घोषणा गर्दै झा

प्रदेश समाचार

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट राजीनामा दिएका अनिल कुमार झाले नेपाल सद्भावना पार्टीलाई आफ्नो अध्यक्षतामा घोषणा गर्ने तयारी गरेका छन् । लोसपा नेपालका वरिष्ठ नेताा अनिल झाले पार्टी छाडेका छन् । उनले गत असार ४ गते नै राजीनामा दिएका हुन् । लोसपा नेपालले नेता झाको राजीनामा गत साउन ४ गते स्वीकृत गरेको हो । नेपाल सद्भावना पार्टीको अध्यक्ष भएर झा सक्रिय राजनीतिमा आउने तयारीमा रहेका छन् । उनले केही दिनमै पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक घोषणा गर्ने बताइएको छ ।  नेता झाले पनि लोसपाबाट राजीनामा दिएर आफ्नो यात्रा थाल्नी गर्न लागेका छन् । नेता झाले नेपाल सद्भावना पार्टी पुनर्गठन गर्न लागेको विषयमा केही बताउन चाहेनन् । उनले भने, ‘केही दिनमा सबै कुरा थाह पाउनु हुन्छ ।’

लोसपाबाट असन्तुष्ट भएर अनिल झा लामो समय पूर्वदेखि पश्चिमसम्म नेपाल सद्भावना पार्टीका नेताहरूसँग छलफल गरेका थिए । छलफलपछि उनले नेपाल सद्भावना पार्टीलाई सक्रिय बनाउन लागेका हुन् ।

लोसपाको पछिल्लो गतिविधिबाट उनी सन्तुष्ट थिएनन् । लोसपा अध्यक्ष महन्थ ठाकुरले गठन गरेको केन्द्रीय समितिप्रति पनि उनले असन्तुष्टि जनाउँदै आएका थिए । ‘ ठाकुरको काम कारबाहीबाट सुरुदेखि नै उनी असन्तुष्ट थिए । अन्ततः सो पार्टीबाट पनि राजीनामा दिएर नयाँ राजनीतिक यात्रामा झा अघि बढ्न लागेका छन्  । स्रोतका अनुशार लोसपामा आसेपासे र चाकरिबाजहरुको हाली मुहाली रहेको छ । चाकरी गर्नेहरु नै केन्द्रिय कमिटिमा र केन्द्र बाट रातारात पदाधिकारी बन्दै आएकोमा नेता झा सन्तुष्ट थिएनन ।

3Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *