ओलीलाई ‘हाउ डेमोक्रेसीज् डाई’ किताब पढ्न सांसद खनालको सुझाब, हिटलर नबन्न चेतावनी

मुख्य समाचार राजनीति

काठमाडौँ । सरकारले आफू अनुकूल कानुन बनाउने, न्यायपालिकाको स्वतन्त्रता कुण्ठित पार्ने र मिडियामाथि नियन्त्रण गर्ने गरेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले सरकार स्वयंको कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको टिप्पणी गरेका हुन् ।

उनले भिजिट प्रकरणदेखि पासपोर्ट छपाइमा भागबण्डा, ‘कुलिङ पिरियड’ दुरुपयोग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेका संसद् र सरकार उदासीन रहेको आरोप मात्रै लगाएनन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाउ डेमोक्रेसी इज डाई भन्ने किताब पढ्न र आफ्नो सरकारले एक वर्षदेखि गरिरहेका कामको मूल्याङ्कन गर्न आग्रह समेत गरे । विपक्षीको आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको छ । केही दिनअघि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै पनि घुस लिइरहेको सूचना प्रहरी कहाँ पुग्छ । तर गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि बढ्दैन ।’ उनले थपे, ‘लोकतन्त्र मास्न खोज्नेहरू आफ्नो अनुकूल कानुन बनाउँछन् ।

न्यायपालिकाको स्वतन्त्रतालाई कुण्ठित पार्छन् । कार्यकारी अधिकार बलियो बनाएर मिडियामाथि नियन्त्रण गर्न खोज्छन् । र पनि प्रधानमन्त्रीज्यू भन्नुहुन्छ व्यवस्थाविरोधी शक्तिहरू संसद् अवरुद्ध गरिराखेका छन् । प्रधानमन्त्री हिटलर नबन्न समेत सांसद खनालले चेतावनी दिएका छन् ।

14Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *