मोर्चा फुट्नु हुँदैन, फुटायौ भने भाग्ने ठाउँ हुँदैन ! जनताले लखेट्ने दिन आइसक्यो – चौधरी

मुख्य समाचार राजनीति

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सङ्घीय लोकतान्त्रिक मोर्चा अब विघटन हुनु नहुने बताएका छन् । आज काठमाडौँमा मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अब ठोस निर्णय गरेर जनताका लागि सङ्घीय लोकतान्त्रिक मोर्चा बनेको हो भन्ने सन्देश दिन जरुरी रहेको बताएका थिए ।

उनले सबैतिरबाट लालच राख्यो भने लालचकै पोखरीमा डुब्ने बाहेक केही नहुने बताउनु भयो । संरक्षक चौधरीले पहिला आफू सच्चिने र जनताका लागि त्याग गर्न सकिन्छ की सकिँदैन भन्ने सोच्न आग्रह गरेका छन् । उनले भने,‘हामीले अब ढिलो गर्नुहुन्न । निर्णय लिएपछि ठोस निर्णय लिनुपर्छ । सबैतिरबाट लालच नै राख्यो भने लालचकै पोखरीमा डुब्छौँ ।

उनले दाबी गर्दै भने -“हामी अब धेरै अपहेलित भइसक्यौँ । मोर्चाका साथीहरूले विशेषतः सोच्नुपर्छ । हामी यो अवहेलनाका बीचमा सम्मानित कसरी हुने धेरै महत्त्वपूर्ण निर्णय गर्नुपर्छ । जनताले पत्याउने कसरी बन्ने त्यसमा अघि बढ्नुपर्छ । अब पनि मोर्चा फ़ुटाएर जनता सामु गयौ भने त्यो दिन टाढा छै अब हामीलाई जनताले लखेट्ने छ ।

4Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *