सरोज “खिलाडी”
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल दरिद्र र मानव तस्करी गर्ने देश कसरी भयो भन्ने बहस जरुरी रहेको बताएका छन् । आइतबार मोर्चाले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
उहाँले भुमि सम्बन्धि अध्यादेश कार्यकर्ता पाल्ने अध्यादेश भएको बताउनु भएको छ । सुकुम्बासीको नाममा कांग्रेश एमालेका नेताले ५ लाख ७० हजार हेक्टर वन जंगल फडानी गरेको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो – “सुकुमबासीको समस्या जस्ताको त्यसतै छ। सुनसरीमा सुकुम्बासीको नाममा दिएको जग्गामा त ५ तल्ले घर बनेको छ र त्यहि घरको अगाडीको रोडमा सुकुमबासी सुतिरहेको छ।”
उहाँले माटो नै नभएका देशहरू सम्पन्न भएको अवस्थामा नेपाल दरिद्र हुनु दुःखको विषय भएको बताए ।उनले भने,‘नेपाललाई प्रकृतिले सबै थोक दिएको छ । प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो ? बालुवाका देश, जुन देशमा माटो छैन, नदी छैन, जङ्गल छैन, रुख छैन, ती देशहरू संसारका धनी र अध्यक्ष यादवले अहिले सङ्घीयता र समावेशी लोकतन्त्र नरहेको भन्दै केही आंशिक मात्रै सुरुवात भएको बताए । भूमि ऐनमा वन घुसाएर वन विनाश गर्ने र पर्यावरण नष्ट गर्ने काम भइरहेको बताउनु भएको छ ।