सरोज “खिलाडी”
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालमा ७० वर्षमा ७ वटा संबिधान बन्यो र फेल भएको कारण अहिलेको संबिधान पनि काम नलाग्ने दाबी गर्नु भएको छ । संविधान र व्यवस्था परिवर्तन गर्दा पनि जनताको अवस्थामा परिवर्तन हुन नसकेकोबारे समीक्षा हुनुपर्ने बताएका छन् । आज काठमाडौँमा मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उहाँले देश त बन्यो तर एकल जातको मात्र, साझा बन्न नसेको हुनाले देश कंगाल बनेको बताउनु भयो ।
विधि, व्यवस्था, शासन र संविधानबाट बन्ने भन्दै नेपालमा विधि, व्यवस्था, शासन र संविधान भए पनि बन्न नसकेको बताउनु भयो । उहाँले ७० वर्षमा सात वटा संविधान निर्माण भए पनि देश अझै बन्न नसक्नुबारे समीक्षा जरुरी रहेको बताउनु भयो । नेपाल किन बनेन भनेर देशभर नै छलफल हुनु जरुरी रहेको समेत बताउनु भयो।
राणातन्त्रबाट गणतन्त्रमा पुग्यौँ । पटक पटक संविधान र व्यवस्था परिवर्तन भयो । तर नेपाली जनताको अवस्था परिवर्तन भएन । संविधान, व्यवस्था फेरेकै हो । तर अवस्था किन फेरिएन, किन नेपाल बनेन ? यो सवाल महत्त्वपूर्ण छ । यसमा छलफल गर्नुपर्छ उहाँको भनाइ रहेको थियो ।