सरोज “खिलाडी”
१८ साउन, काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले आजदेखि जनजागरण अभियान सुरु गर्दैछ । साउन १८ गतेदेखि मोर्चाको ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाडौंबाट सुरु हुन लागेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशब झाले जानकारी दिनु भएको छ ।
पूर्ब निर्धारित कार्यक्रम अनुशार ७ दल आबद्ध मोर्चाले काठमाडौं, भैरहवा, नेपालगन्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न लागेको छ। जस मध्ये आज काठमाडौँ बाट अभियान सुरु हुन लागेको हो ।

काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आज ११ बजे देखि ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ सुरु हुने छ । कार्यक्रममा मोर्चाका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक मोर्चा गठनको आवश्यकता र औचित्वबारे प्रष्ट पार्ने छन् । कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मोर्चा सम्बद्ध दलहरु आवश्यक तयारी अनुशार आ आफ्नो पार्टीका नेताहरु संग विभिन्न चरणमा बैठक र छलफल गर्दै आएका छन् ।