सिके राउतको मुखौटा मधेशी भएपनि उहाँको कर्म कुकर्म अर्कै छ, पर्दाफास हुन्छ – महतो

मुख्य समाचार राजनीति

राजविराज, भदौ १९ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनमत पार्टी मोर्चाबाट आफै अलग नभएर कसैको इशारामा अलग भएको बताएका छन ।

बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले जनमत पार्टी मोर्चाबाट भागेको बताउनु भएको छ । शाषक वर्गलाई नै मजबुत तुल्याउने षडयन्त्र र कसैको इशारामा लागेर जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रुपन्देही ३ मा हुने उपनिर्वाचन छुट्टै उम्मेदवारी दिन लागेको उहाँले आरोप लगाउनु भएको छ ।

उहाँले भन्नुभयो –डा. राउतको गतिविधीले पनि यस्तै आशंका उब्जाएको छ, बाँकी कुरा आगामी दिनहरुमा प्रष्ट हुँदै जानेछ ।” सिके राउतको अनुहार त मधेशी छ तर काम चाहि साशक वर्गको लागि गरिरहेको छ । “मधेशी अनुहार मात्र भएर भएन, मधेशीको मुखौटा मात्र लगाएर हुदैन सिके राउतको कर्म र कुकर्म अर्कैछ मधेशी अनुहार भएपनि कसको लागि के काम गर्न लाग्नु भएको छ त्यो हेर्न केहि समय लाग्छ समय आएपछि सबै छर्लंग हुन्छ अध्यक्ष महतोले बताउनु भयो ।

37Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *