सिकेलाई राजीनामा दिन २४ घण्टे अल्टिमेटम, राउतले भने- “ढोका खुला छ निस्किहाल”

मुख्य समाचार राजनीति

काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूले पार्टीका अध्यक्ष डा.सिके राउत र सङ्गठन विभाग प्रमुख जयकान्त राउतलाई २४ घण्टाभित्र राजीनामा दिन माग गरेका छन् । पार्टीका उपाध्यक्ष अब्दुल खान सहित ६ जना नेताले हस्ताक्षर गरेर सो माग गरेका हुन् ।  

जनताको अथक प्रयासबाट जनमत पार्टी बनेको तर पछिल्लो समय पार्टी नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्य, विचार र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न नसकेको भन्दै राजीनामा मागिएकाे हाे । यता पार्टीका अध्यक्ष राउतले पार्टी छोड्ने मौका यही भएको बताएका छन् । राउतलाई अध्यक्षबाट राजीनामा दिनका लागि ६ नेताहरूले २४ घण्टे अल्टिमेटम दिएपछि राउतले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्,’यही सही मौका हो, जनमत पार्टी छोड्नलाई। मौकाको सदुपयोग गर्नुहोस् ।’

6Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *