दैनिक १६० बुलेट ग्यास आउन लागेको मन्त्री साहको दाबी, १ बुलेटमा कति ग्यास ?

मुख्य समाचार राजनीति

३० भदौ, काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले आपूर्ति प्रणाली तत्कालै सहज बनाउने दाबी गरेका छन् ।

यसका लागि भारतबाट अबको २-३ दिन दैनिक १ सय ६० ग्यास बुलेट भित्र्याउने तयारी भइरहेको उनले जानकारी दिएका हुन् । आज पत्रकारहरूसँगको कुराकानीमा मन्त्री साहले ग्यास डिपोहरूमा रित्तो सिलिन्डर राखेर घण्टौं पालो पर्खनुपर्ने उपभोक्ताको सकसपूर्ण अवस्था अब छिट्टै अन्त्य हुने आश्वासन दिनु भयो।

‘आगामी केही दिनसम्म लगातार १ सय ६० बुलेटका दरले ग्यास ल्याउने सम्पूर्ण प्रबन्ध मिलाइसकिएको छ,’ मन्त्री साहले भनूभयो -यो परिमाणको ग्यास बजार पुगेपछि उपभोक्ताको माग सहजै पूरा हुने विश्वास लिएको छु ।

१ बुलेट ग्यास = करिब १८,००० केजी (१८ टन) देखि २५,००० केजी सम्म हो। यसबाट घरायसी प्रयोग हुने १४.२ केजीका करिब १,२६० देखि १,७६० वटा ग्यास सिलिन्डर आउँन सक्छ। यदि दैनिक १६० वटा बुलेट आयो भने लगभग यो परिणाम दुइ लाख देखि २ लाख पचास हजार वटा हुन जान्छ। जुन उपत्यका को माग भन्दा धेरै हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *