बुहारीको कर्तुतका कारण आमा-छोरा हत्या, बुहारी पक्राउ, यस्तो छ कर्तुत !

प्रदेश समाचार

१४ माघ, बारा । एकै परिवारका आमा छोरा हत्यामा बुहारी पक्राउ परेकी छिन। त्यसैगरि प्रहरीले एक युवक समेत पक्राउ गरेका छन् । बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले बताउनु भएको छ ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । आक्रमणबाट ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएपछी उनीहरूको एलएसआर न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ । घटनामा संलग्न भएको आरोपमा मिर्तक का बुहारी र अर्का एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ परेका ती युवक दुबईबाट नेपाल आएको एक अनुसन्धान अधिकृतले बताएका छन् । दुबईको सारजाह विमानस्थलबाट काठमाडौं ओर्लिए लगत्तै ती युवक बारा पुगेका थिए । त्यसपछि बुहारीकै मिलेमतो र योजनाअनुसार आमाछोराको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

बुहारीसँग ती विदेशबाट आएका युवकको सम्बन्ध रहेको बुझिएको छ । दुइ जनाको सम्बन्ध बारे परिवारमा थाहा पाएर किचकिच भएपछि योजनाबद्ध रुपमा हत्या गरेको जस्तो देखिन्छ । थप विषय अनुसन्धानबाट पुष्टि होला प्रहरीले भनेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *