किन सर्लाहीमा जित्नुपर्छ राजेन्द्र महतो, यस्तो छ कारण ! (तथ्याङ्क सहित)

मुख्य समाचार राजनीति

सर्लाही क्षेत्र न २ बाट सदा झैँ यो पालि पनि उही दुइ चर्चित अनुहार राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नेपालि कम्युनिष्ट पार्टीका का नेता महेन्द्र राय यादव उम्मेदवार बनेका छन् । अब प्रश्न यो उठछ कि जनताले कसलाई जिताउदा त्यो क्षेत्रमा बिकाश हुन्छ र जनताले चाहेका नया नया योजना र देशमा अमन चयन कायम हुन्छ। यसका लागि हामीले बिगतका केहि कुराहरु र यी दुइ नेताले गरेका क्रियाकलापहरु बाट तुलना गरेका छौ ।

राष्ट्रिय मुक्ति पार्टी ‘जाँतो’ (Janto) चुनाव चिन्ह लिएर घरदैलो गरिरहँदा हामीले अध्यक्ष राजेन्द्र महतो २०७४ देखि २०७९ सम्मको आफ्नो कार्यकाल मा धनुषा मा गरेका बिकास र अहिले ३ बर्ष सम्म नेता महेन्द्र राय यादवले गरेका क्रियाकलापलाइ तुलना गरेका छौ । महतोले आफ्नो कार्यकालमा धनुषा-३ मा करिब १०० करोड (१ अर्ब) रुपैयाँ बराबरको विकास बजेट भित्र्याएको दाबी गरेको छ। तर अर्का उम्मेदवार महेन्द्र राय यादव आफ्नो ३ बर्षे कार्यकाल पार्टी फोर्दै मन्त्रि बन्दैमा बिताए ।

जनकपुर क्षेत्र न ३ बाट महतो जितेका बेला किसानहरूको मुख्य समस्यालाई सम्बोधन गर्न फुलगामा, जटही र देपुरा क्षेत्रमा ३२ करोडको लागतमा सिँचाइ फाटक (Sluice Gates) निर्माण सम्पन्न भएको थियो भने यादव आफ्ना कार्यकालमा प्रचण्ड संग पार्टी एकता गर्ने नाममा डा. बाबुराम भट्टराईलाइ आफ्नो हातमा लिएर तत्कालिन शक्तिशाली जसपा पार्टीलाई फ़ुताउनमा ब्यस्त थिए र फुटाइ छाडे।

यता आफ्नो क्षेत्रमा महतोले खानेपानीको समस्या समाधान गर्न विभिन्न स्थानमा ३ करोडको लागतमा ‘डिप बोरिङ’ जडान गरिएको पाइएको छ भने यादवको उपलब्धि प्रचण्ड संग पार्टी एकता कहिले हुन्छ भन्दै कुर्दै बिताएको देखिन्छ ।

महतोले सडक हिलोमुक्त बनाउन प्रत्येक वडामा १० लाख देखि ५० लाखसम्मको बजेट विनियोजन गरी सडक ढलान (PCC Dalan) को काम भएको तथ्याङ्क प्राप्त भएको छ भने यादवले मधेश केन्द्रित आफ्ना सबै मुद्दाहरु आगोमा बिसर्जन गरि प्रचण्डको शरणमा पुगेर कम्युनिष्ट नेता बन्न सफल भएको देखिन्छ ।

महतोले २०७४-२०७९ सम्म राहत र रोजगार: विपन्न परिवारलाई लक्षित गरी ३५ युनिटसम्मको निःशुल्क बिजुली (मिटर जडान) र स्थानीय स्तरमा ३०-४० जनालाई रोजगारीको अवसर सिर्जना गरेको थियो भने यादवले ३ बर्षे कार्यकालमा सिन्को नै नभाचि ३ पटक पार्टी फोर्दै ३ चोटि मन्त्रि बनेर समय खेर फालेको हामीले पाएका छौ ।

महतो त्यहि नेता हुन् जसले मधेशको अधिकारका लागि जोगबनी नाकामा बसी रहेका बेला राज्यले महतो माथि बर्बर दमन गर्दै लाठि चार्ज गरेका थिए । अर्थात मधेशी जनताको अधिकारका लागि लडने र बिकास चाहने नेताका रुपमा महतो परिचित हुन्। त्यस अर्थमा महतो जित्दा नै सर्लाहीमा बिकास हुने देखिन्छ। अर्का नेता यादवमा भिजन सफा भएको देखिदैन। तसर्थ महतो जित्ने धेरै नै आधारहरु देखिन्छ ।

49Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *