नेपाललाई सक्ने सबै सहयोग गर्ने भारतको प्रतिबद्धता, जनधनको क्षतिप्रति समवेदना

मुख्य समाचार राजनीति

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले फोन संवाद गरेका छन्। मोदीले बालेनलाई फोन गरेर रसुवा बाढीपछि नेपालमा भएको क्षतिबारे जानकारी लिएर समवेदना व्यक्त गरेका हुन्।

उनले अहिलेको कठिन घडीमा भारतका जनता नेपालीहरूको साथमा रहेको उल्लेख गरेका छन् । मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहसँग बुधबार टेलिफोनमा कुराकानी गरेका हुन् । सो क्रममा बाढीबाट भएको मानवीय क्षतिप्रति समवेदना व्यक्त गरेको मोदीले जानकारी दिएका छन् । मोदीले नेपाललाई आवश्यक सबै प्रकारका मानवीय सहयोग उपलब्ध गराउन भारत तयार रहेको उल्लेख गरेका छन् । साथै उद्धार तथा राहतका प्रयासमा भारतका सम्बन्धित टोलीले नेपालसँग नजिक रहेर समन्वय गरिरहेको बताएका छन् ।

मोदीले उद्धार र राहतका लागि भारतीय अधिकारीहरूले नेपाली सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको पनि जानकारी गराएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *