असार, काठमाडौं । एमाले नेतृ विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली फेरि नआउने विश्वास व्यक्त गरेकी छन् ।
इमेज टेलिभिजनको कार्यक्रम ‘हटसिट’मा पत्रकार जगदिश खरेललाई दिएको अन्तर्वार्तामा भण्डारीले एमाले नेतृत्व फेरिने विश्वास गरेकी हुन् । उहाले भन्नु भयो -‘दोहोर्याएर एउटै कक्षामा जाँच दिन्न भन्ने खालको व्यक्ति हो केपी ओली, मलाई लाग्छ अरु नेताहरुले भने भन्दैमा दोहोर्याउने, तेहेर्याउने, मैले चिनेको केपी ओली त्यस्तो होइन ।’
उहाँले दाबी गर्दै भन्नु भयो – माधव नेपालहरुले पार्टी छोडेकाले एमाले अध्यक्षमा ओली दोहोरिनु परेको हो। अब ओलीले नेतृत्व हस्तान्तरण गर्नेमा आफू विश्वस्त रहेको उनले बताएकी छन् । अन्तर्वार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले नेतृत्व परिवर्तनका सन्दर्भमा लोकतान्त्रिक अभ्याससम्मै पुग्नु परेपनि त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताएकी छन् ।
केपी ओली सहकर्मी हो, साथी हो, सहयोद्धा हो, एउटै उद्देश्य र लक्ष्य पूरा गर्नका लागि । तर, लोकतान्त्रिक प्रक्रियामा सामेल भएपछि कहिलेकाँही समकालीन साथीहरुको बीचमा पनि प्रतिस्पर्धा हुन्छ,’ भण्डारीले भनेकी छन्, पूर्वराष्ट्रपति भण्डारीले एमालेको अध्यक्ष बन्नकै लागि सक्रिय राजनीतिमा फर्किएको प्रष्टिकरण दिएकी छन् ।