१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ ।
बाढी पुर्वानुमान महाशाखाका अनुसार, दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो । यस बाढीको असर त्रिशूली नदीतटीय क्षेत्र मुग्लिनसम्म पर्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसअघि प्रहरीले एक आपत्कालीन चेतावनी जारी गर्दै भोटेकोशी र त्रिशूली नदी किनार र जोखिमपूर्ण क्षेत्रमा रहेका सबैलाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो ।

