विद्या भण्डारीको दुर्भाग्यपूर्ण अभिव्यक्ति- म राष्ट्रपती होइन एमालेको कार्यकर्ता हुँ !

मुख्य समाचार राजनीति

सरोज “खिलाडी”

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरी आफू कुनै हालतमा पछि नहट्ने ‘काउन्टर’ जवाफ एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ दिइन्। त्यतिमात्र होइन, भण्डारीले आफ्नो पार्टी सदस्यता जननेता मदन भण्डारीले दिएको र निरन्तर ४५ वर्षदेखि सक्रिय रहेकाले कसैले खान नसक्ने चेतावनी पनि दिइन् ।

अब प्रश्न उठछ कि उनको सदस्यता निरन्तर ४५ वर्षदेखि सक्रिय कसरी भयो ? उनि सदस्य बने देखि आज सम्मको हिसाब किताब जोडेर पार्टिमा फर्कने कुरा गर्दैछिन। जबकि, सबैलाइ थाहा छ कि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कुरा त्याग गर्न सक्छन तर पाए प्रधानमन्त्री र पार्टीको अध्यक्ष मरेपछि मात्रै छोड्छन। तर पनि भण्डारीले ओलीको अध्यक्ष पद तिर प्राप्तिको आशा गर्नु भनेको फलामको चिउरा चपाउनु सरह हो।

पार्टीमा फर्किने र अध्यक्ष बन्ने लोभमा उनले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सुरक्षाहरुपनि फिर्ता गरिसकेकी छिन । र पत्रकार सम्मेलन मार्फत आफू निरन्तर ४५ वर्षदेखि सक्रिय रहेको बताइन । जबकि नेपालमा सभामुख र राष्ट्रपति बनेको व्यक्ति पार्टिको सदस्यता छाड्नुपर्ने हुन्छ। उहाँले पनि छोड्नु भएकै होला । छोड्नु भयो भने ४५ बर्ष निरन्तर कसरी भयो ? छाड्नु भएको थिएन भने राष्ट्रपतिको नाममा उहाँ एमाले कार्यकर्ता हुनुहुन्थ्यो भने त्यो देशका लागि अरु दुर्भाग्य के हुन सक्छ र ? हुन पनि हो उहाँ राष्ट्रपती भएको बेला प्रतिनिधि सभा र राष्ट्र सभाबाट पारित नागरिकता बिधेयक केपी कै इशारामा रोक्नु भयो त्यो पनि दुइ दुइ चोटि पास भएको बिधेयक। अब प्रश्न यो उठछ कि नेपालको राजनीति, राजनीति नै हो कि लाजनिती भैसक्यो ।

7Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *