३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला चुनौती दिएका छन् ।
उनले भनेका छन्, ‘पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, चिया खाएको छ । अध्यक्ष हटाउने ? कहिले हो हटाउने ! हटाइदेऊ न । ढिलो भयो भने त छिटो हटाऊ त ।’ पार्टीभित्र अनुशासनहिनता, अराजकता देखा परेको भन्दै उनले ख्याल ठट्टामा अध्यक्ष हटाउने कुरा नगर्न चेतावनी दिए । ‘ख्याल-ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आभाराहरू अध्यक्ष हटाउने कुरा … मानिलिऔं, ख्याल हो, ठट्टा हो जस्तो हो जस्तो गरेर’, उनले भने ।
उनी थप्छन्, ‘के मजाक हो यस्तो !’ एमाले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने भनेर कतिपयले हस्ताक्षर अभियान नै सुरु गरेका छन् । यसप्रति पनि अध्यक्ष ओलीले रोष प्रकट गरे । उनले भनेका छन्, ‘कोही हस्ताक्षर गर्दै हिंड्या छन् अध्यक्ष हटाउने भनेर । यसका पछाडि केही दम छैन, केही छैन’, उनले भनेका छन्, ‘न पार्टीको तरिका न विधान । अस्ति महाअधिवेशन भएको थियो ।

