निगमले ग्यास लिन नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य भनेपछि चौतर्फी आलोचना

मुख्य समाचार राजनीति

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यास लिन आउँदा नागरिकता तथा परिचयपत्र अनिवार्य गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ ।
निगमले शुक्रबार एक सूचना जारी गर्दै शनिबार काठमाडौँ उपत्यकाका पाँच स्थानमा विभिन्न उद्योगका ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको जानकारी गराएको थियो । उक्त सूचनामा ग्यास लिन आउँदा नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य लिएर आउन भनेको छ । निगमले ग्यास लिन आउँदा नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य भनेपछि चौतर्फी आलोचना भएको हो । नेपाल आयल निगमले ग्यास वितरणलाई मर्यादित, पारदर्शी र वास्तविक उपभोक्तासम्म पुर्‍याउनका लागि यो व्यवस्था गरिएको जनाएको छ । परिचय खुल्ने कागजात देखाएर ग्यास वितरण गर्दा कुन व्यक्तिले कति पाए भन्ने स्पष्ट रेकर्ड रहने र कालोबजारी तथा अनावश्यक सञ्चय रोकिने निगमले जनाएको छ । निगमले यस व्यवस्थाबाट कसैलाई पनि वञ्चित नगर्ने र समस्या परेका वास्तविक उपभोक्ताहरूलाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउन मातहतका डिपो तथा विक्रेताहरूलाई आग्रह गरिएको जानकारी दिएको छ । तर निगमको यो कदमको सामाजिक संजाल भरि चौतर्फी आलोचना भैरहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *