काठमाडौँ । नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको तरिका र कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकलाई दलको तर्फबाट सम्बोधन गर्दै प्रचण्डले विपद्पछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न सकारात्मक भए पनि अन्य तरिकाप्रति प्रश्न उठाएका हुन् । प्रचण्डले भन्नुभयो– ‘संसद्लाई विश्वासमा लिने भनेको प्रतिपक्षलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत गरेको मैले देखिनँ ।
प्रचण्डले भन्नुभयो–उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ?

