sarojkhiladi

67 Posts
भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा, दुइ पुर्व प्रधानमन्त्रीको निन्द्रा हराम

भ्रष्टाचार मुद्दा हेर्दाहेर्दैमा, दुइ पुर्व प्रधानमन्त्रीको निन्द्रा हराम

४ वैशाख, काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने मागलाई सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरी टुंग्याउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनि न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको इजलासले ललिता निवास जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा चलाउन आदेश माग गरिएको मुद्दाको निरन्तर सुनुवाईका लागि ‘हेर्दाहेर्दै’मा राख्ने आदेश गरेको हो । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने क्रममा छुट्टाछुट्टै निर्णय गरेका थिए । तर मुख्य निर्णयकर्तालाई छाडेर मातहतका कर्मचारीहरूलाई मात्रै मुद्दा चलाइएको भनी…
Read More
पूर्वप्रदेश प्रमुख राजेशविरुद्ध पक्राउ पुर्जी जारी, सम्पर्क बिहिन, मोबाइल अफ, के छ आरोप ?

पूर्वप्रदेश प्रमुख राजेशविरुद्ध पक्राउ पुर्जी जारी, सम्पर्क बिहिन, मोबाइल अफ, के छ आरोप ?

३ वैशाख, काठमाडौं । मधेश प्रदेशको पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि महिलालाई दुव्र्यवहार गरेको आरोप लागेको छ । सो आरोपमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा रहेको महिला सेलले उनीमाथि अनुसन्धान अघि बढाएको हो । परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहराले अहिराजमाथि अनुसन्धान भइरहेको पुष्टि गरे पनि थप बताउन चाहेनन् । अनुसन्धान भइरहेको छ । फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले बताए । अहिराजमाथि महिलालाई दुव्र्यहावर भनिए पनि कस्तो दुव्र्यवहार हो र कहिलेको घटना हो भन्नेबारे प्रहरीले…
Read More
कसरी भयो ईसेवा बाट १ करोडभन्दा बढी रकम चोरी ? यस्तो छ खतरनाक तरिका !

कसरी भयो ईसेवा बाट १ करोडभन्दा बढी रकम चोरी ? यस्तो छ खतरनाक तरिका !

काठमाडौँ । हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालिमाटीबाट मंगलबार पक्राउ गरेको हो । बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउँथे । प्रहरी उपरीक्षक अंगुर जिसी भन्छन्, ‘त्यसपछि उनले भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्‍याउँथे । उनले विभिन्न फिसिङ लिंकहरू पठाएर ४ हजार व्यक्तिको ई-सेवा अकाउन्टबाट १…
Read More
बिन्दु पक्राउ, अश्लील भिडियो पठाएर ब्ल्याकमेलिङ गर्ने यस्तो छ कर्तुत र प्लान

बिन्दु पक्राउ, अश्लील भिडियो पठाएर ब्ल्याकमेलिङ गर्ने यस्तो छ कर्तुत र प्लान

३१ चैत, काठमाडौं । सम्बन्ध बनाएर वा बनेको सम्बन्ध बिग्रिएपछि आफन्तलाई अश्लील भिडिओ–फोटो पठाएर ब्ल्याकमेलिङ गर्ने घटनाहरु दिनाहुदीन बढदै गएको छ । यसै सन्दर्भमा सम्बन्ध बिग्रिएपछि आफन्तलाई अश्लील भिडिओ–फोटो पठाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–६ सातधुेर घर भएकी ३० वर्षीया बिन्दु परियार छिन् । उनलाई इन्टरपोल शाखाको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । मलेसियाबाट नेपाल आउँदै गर्दा उनी विमानस्थलमै पक्राउ परेकी हुन् । सामाजिक सञ्जालमार्फत चिनजान भएका एक विवाहित युवकसँग सम्बन्ध रहेको र सम्बन्ध बिग्रेपछि उनले ती युवकका अश्लील भिडियो र फोटो उनको परिवारलाई पठाएको आरोप लागेको हुनाले उनि पक्राउ…
Read More
वीरगञ्ज घटनाका दोषीमाथि कारबाही गरिने, यी हुन् ५ बुँदे सर्वपक्षीय सहमति (बुँदा सहित)

वीरगञ्ज घटनाका दोषीमाथि कारबाही गरिने, यी हुन् ५ बुँदे सर्वपक्षीय सहमति (बुँदा सहित)

३१ चैत, काठमाडौं। वीरगञ्जमा दुई समुदायबीच भएको झडपको घटनाबारे पाँच बुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति भएको हो । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो ।  यस क्रममा दुवै समुदायबिच ढुंगा हानहान भएको थियो । पहिलो बुँदामा उक्त घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन/अनुसन्धान गरी कानुनी कारबाही गरिन दोस्रो बुँदा अन्तरधार्मिक/साम्प्रदायिक…
Read More
रबि प्रकरण : के हो कैफियत प्रतिवेदन ? किन माग्यो सर्वोच्चले ? अब के हुन्छ ?

रबि प्रकरण : के हो कैफियत प्रतिवेदन ? किन माग्यो सर्वोच्चले ? अब के हुन्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ । थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रमन श्रेष्ठ, सुरेन्द्र थापा, नारायण कँडेल र दीपेन्द्र झाले बहस गरेका थिए । निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारण सहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । कुनै अदालतले आरोपितलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने आदेश गर्दा कारण र आधार खुलाएको विस्तृत विवरणलाई कैफियत प्रतिवेदन भनिन्छ ।…
Read More
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई सिंहदरबारबाट लखेट्न जनता आतुर -प्रभु साह

प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई सिंहदरबारबाट लखेट्न जनता आतुर -प्रभु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले भगौडा दलाल वर्गको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण व्यापार व्यवसाय धराशायी हुदै गएको बताएका छन् । आजपा काठमाडौँ उपत्यका विशेष कमिटीको आज कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै साहले भने -नेपालमा लुटेर विदेशमा पैसा थुपार्ने, विदेश भाग्ने, नेपालको पुँजी विदेश लैजानेलाई प्रधानमन्त्रीले संरक्षण गरिरहेका छन् ।  काठमाडौँबाट कवाड व्यवसायी, सानादेखि ठुला व्यापारीलाई लखेट्ने काम हुँदै गर्दा ओली सरकार किन मौन बसेको भन्दै उनले प्रश्न समेत गरे ।   सानादेखि ठुला व्यापारीहरूलाई लखेट्ने काम सरकारले नै गरिरहेको बताउँदै उनले अब सरकारलाई नै सिंहदरबारबाट लखेट्न जनता आतुर रहेको बताए ।
Read More
बिरगंजमा किन भयो झडप ? लाठीचार्ज र अश्रुग्यासले नसकेपछि लाग्यो कर्फ्यु, लाखौको क्षति

बिरगंजमा किन भयो झडप ? लाठीचार्ज र अश्रुग्यासले नसकेपछि लाग्यो कर्फ्यु, लाखौको क्षति

० चैत, काठमाडौं । पर्साको वीरगञ्जमा कर्फ्यु लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि अहिले प्रशासनले कर्फ्यु जारी गरेको छ ।  वीरगञ्जको छपकैयामा स्थानीय समुदायबिच भएको झडप उग्र बनेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम मिति २०७८ साल चैत्र ३० गते साँझ ६ः३० बजेदेखि मिति २०८१ साल चैत्र ३१ गते दिउँसो १२ः०० बजेसम्म कर्फ्यु लागू गरिएको हो । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जन्मजयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो । उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल…
Read More
उत्पात मच्चाउने ज्ञानेन्द्रलाइ जति धोए पनि सफा बनाउन सकिँदैन- गगन अरु के के भने ?

उत्पात मच्चाउने ज्ञानेन्द्रलाइ जति धोए पनि सफा बनाउन सकिँदैन- गगन अरु के के भने ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोए पनि सफा बनाउन नसकिने बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले निर्मल निवासमा बसेर त उत्पात मच्चाउने ज्ञानेन्द्रले नारायणहिटी राजदरबारमा बसेको भए के गर्थे होला भन्दै प्रश्न गरे ।  पूर्वराजा ज्ञानेन्द्र शाहलाई पति धोए पनि सफा बनाउन सकिँदैन, महामन्त्री थापाले भने -"निर्मल निवासमा बसेर त काठमाडौँमा यस्तो उत्पात मच्चाए । अझ नारायणहिटी दरबारमा बसेको भए के गर्थे होला ?" जनताले छानेका प्रतिनिधि देश चलाउन सक्षम रहेको थापाले बताए । बरु मुलुकमा रहेको भ्रष्टाचार र कुशासन कसरी अन्त्य गर्ने भन्नेमा ध्यान दिनुपर्ने उनको भनाई…
Read More
३ वटै लेन शिक्षकहरूको कब्जामा, प्रहरी र शिक्षक आमने सामने,  झडपको संकेत

३ वटै लेन शिक्षकहरूको कब्जामा, प्रहरी र शिक्षक आमने सामने, झडपको संकेत

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ । महासंघले काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । शिक्षकहरूले सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग विवाद भएको छ ।  महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । मुख्य लेनमा शिक्षकहरूले नाचगानसहित प्रदर्शन गरेका कारण प्रदर्शन अवधिभर मुख्य लेन भएर गाडी गुड्न पाएका छैनन् । तर शिक्षकहरूले बुधबार बीचको लेनसहित उत्तरतर्फको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.