काठमाडौँ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई महाराजगन्ज स्थित उनको घरबाट पक्राउ गरेको हो । उनी विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ । उनले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पदको कार्यभार सम्हालेका थिए । तर मन्त्रिपरिषद सदस्यको भागबण्डा लगायतका काण्डमा मुछिएपछि उनी विवादित बनेका थिए ।
उनीविरुद्ध कानुन व्यवसायीहरुले आन्दोलन समेत गरेका थिए । उजुरीको विवरण खुलेको छैन ।

