कांग्रेसले जिल्ला र प्रदेश अधिवेशन नगर्ने, अधिकांश ठाउँमा क्षेत्रीय अधिवेशन हुँदै,

मुख्य समाचार राजनीति

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् ।

अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन पछाडि धकेलिए पनि अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा पूर्वनिर्धारित तालिकाअनुसार क्षेत्रीय अधिवेशनहरू भइरहेका हुन् । केही जिल्लाहरूले आइतबार र सोमबार अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरेका छन् । कांग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन भने नगर्ने भएको छ । केन्द्रीय महाधिवेशन १६–१९ असोजमा आयोजना गरिने कांग्रेसको कार्यतालिका रहेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *