‘इमर्जेन्सी मोड’मा कांग्रेस महाधिवेशनको तयारी : डा.महत, के हो ‘इमर्जेन्सी मोड’ ?

मुख्य समाचार राजनीति

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारी आपत्कालीन अवस्था (इमर्जेन्सी मोड) मा गरिरहेको बताएको छ । आज पार्टीको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले समयको चापका कारण छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको स्पष्ट पार्नु भयो।

पार्टीभित्र एकताको महाधिवेशन गर्नका लागि अन्तिमसम्म प्रयास गरे पनि सम्भव नभएको महतले बताउनु भयो। उहाले भन्नु भयो -हामी एकताको महाधिवेशन सम्पन्न होस् भन्ने चाहन्थ्यौँ, त्यसका लागि सबै ढोका खुला राखेर कोसिस गर्दा पनि सम्भव नभएपछि आपत्कालीन मोडमा तयारीमा लागेका छौँ । नेता महतले कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने जानकारी समेत दिनु भएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *