७० बर्षमा ७ वटा संबिधान बनाउने नेपाल पहिलो मुलुक – राजेन्द्र महतो

मुख्य समाचार राजनीति

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ७० बर्षमा ७ वटा संबिधान बनाउने नेपाल पहिलो मुलुक भएको बताउनु भएको छ । । संविधान दिवसका अवसरमा आयोजित ” संबिधान संशोधन र असन्तुष्ट समुदायको सवाल विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले सो कुरा बताउनु भएको हो।

उहाँले राजनीतिमा ‘क्यालेन्डर एज’ले कुनै फरक नपार्ने जिकिर गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदाहरण दिदै भन्नुभयो -“राजनीतिमा क्यालेन्डर एज हुँदैन, भारतमा ७६ वर्षको उमेरमा नरेन्द्र मोदीले नेतृत्व गरिरहनुभएको छ । विश्वका धेरै विकसित देशमा पाका व्यक्तिहरूले नै शासन गरिरहेका छन् ।’ अध्यक्ष महतोले पुस्तान्तरणको नाममा नयाँ पार्टी वा समूह खोल्ने काम स्वार्थको राजनीति भएको आरोप लगाउनु भएको छ। मधेसको राजनीतिमा अझै पनि संस्थागत पार्टी बन्न नसकेको बताउँदै उनले पार्टी नै नबनेको अवस्थामा कसलाई हस्तान्तरण गर्ने भनी प्रश्न गर्नु भयो।

अहिलेका पुराना दलहरू नसुध्रिएको र दलहरूबिच साझा सहमति हुन नसकेको बताउँदै महतोले दलहरू आफ्नो स्वार्थमा लिप्त रहेको टिप्पणी आरोप समेत लगाउनु भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *