प्रधानमन्त्री बालेनलाई महतोको प्रश्न- बलगर संघियता कहिले आउछ ? याद त छ नि ?

मुख्य समाचार राजनीति

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ७० बर्षमा ७ वटा संबिधान बनाउने नेपाल पहिलो मुलुक भएको बताउनु भएको छ । । संविधान दिवसका अवसरमा आयोजित ” संबिधान संशोधन र असन्तुष्ट समुदायको सवाल विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतोले सो कुरा बताउनु भएको हो।

उहाँले चुनाबको मुखमा अहिलेका प्रधानमन्त्री बालेन्द्र साहले मधेशी जनता संग बलगर संघियताको वाचा गरेको कुरा बर्सेको आरोप लगाउनु भएको छ । उहाँले अहिले रास्वपाको काम गर्ने लक्षण हेर्दा कांग्रेस एमाले कै जस्तो बैमानिको गन्ध आउन थालेको बताउनु भएको छ । अध्यक्ष महतोले पुस्तान्तरणको नाममा नयाँ पार्टी वा समूह खोल्ने काम स्वार्थको राजनीति भएको आरोप लगाउनु भएको छ। मधेसको राजनीतिमा अझै पनि संस्थागत पार्टी बन्न नसकेको बताउँदै उनले पार्टी नै नबनेको अवस्थामा कसलाई हस्तान्तरण गर्ने भनी प्रश्न गर्नु भयो।

अहिलेका पुराना दलहरू नसुध्रिएको र दलहरूबिच साझा सहमति हुन नसकेको बताउँदै महतोले दलहरू आफ्नो स्वार्थमा लिप्त रहेको टिप्पणी आरोप समेत लगाउनु भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *