उपेन्द्रले गरे आत्मालोचना, भने-“सत्ता स्वार्थका लागि काङ्ग्रेस-एमाले सँग सहकार्य गर्नु ठुलो गल्ती”

मुख्य समाचार राजनीति

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता स्वार्थका लागि विगतमा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) सँग सहकार्य गर्नु आफूहरूको ठुलो गल्ती भएको स्वीकार गरेका छन्। ९ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्।

उहाँले भन्नुभयो -“नेपालका कम्युनिस्ट पार्टीहरू सिद्धान्तबाट च्युत भई ‘कामाउनिस्ट’ बन्दै जाँदा देशको वर्तमान दुर्दशाका लागि सबैभन्दा ठुलो दोषी एमाले रहेको छ ।” देशमा प्रदेशहरू बने पनि मधेसी समुदायको आफ्नै शासन, प्रशासन, भाषा र संस्कृति स्थापित हुन नसकेको उल्लेख गर्दै उंहाले आफ्नो शासन र संस्कृति नै आउन नसके कुन आधारमा यसलाई हाम्रो प्रदेश भन्ने ? काङ्ग्रेस र कम्युनिस्टले दिन नसकेको त्यो अधिकार अब अग्रगामी मोर्चाले ल्याउने दाबी गर्नु भयो। वर्तमान सरकारलाई ‘कठपुतली सरकार’को संज्ञा दिँदै यादवले भन्सार, शिक्षा, स्वास्थ्यदेखि मानिसको जन्मदेखि मृत्युसम्म करैकर थोपर्ने सरकार जनतालाई नचाहिएको आरोप समेत लगाउनु भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *