सरोज “खिलाडी”
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् । उद्यमी व्यवसायीका कारण बजारमा ग्यास अभाव र कालोबजारी हुने गरेको अभिव्यक्ति दिए पछि उनि विवादमा तानिएकी थिइन् । आज प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटेर मन्त्री यादवले राजीनामा बुझाएकी हुन् ।
संसद्को उद्योग समितिमा मन्त्री यादवले ग्यास अभाव हुनुमा उद्यमी व्यवसायीको बदमासी प्रमुख कारण रहेको बताएकी थिइन् । बालेन शाह नेतृत्वमा सरकार बन्दा नै देशमा खाना पकाउने एलपीजी ग्यासको अभाव थियो । यो सरकार बनेको साढे पाँच महिनाभर जसो नै ग्यासको आपूर्ति सहज भएन । अहिले त कृष्णभीरको पहिरो देखाएर उपत्यकामा चरम अभाव गराइएको छ । नेपालको पेट्रोलियम क्षेत्र र खासगरी ग्यासको रिफिल र आपूर्ति पूर्ण रुपमा सिन्डिकेटको कब्जामा छ । नेपालमा सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योग पूर्ण रूपमा निजी क्षेत्रका हुन् ।
तर मन्त्रीको भनाइलाइ जति बंग्याएपनि मन्त्रीको भनाइमा जनताले भोगेको दुख र बेदना थियो। उनि आए देखिने आफ्नो मन्त्रालयको काममा आराम नै नलिई काम गरिरहने मन्त्रि थिइन् । त्यति मात्र होइन मन्त्रि पदको लागि मरिहत्ते गर्ने नेताहरुलाई सानो बिबाद हुँदा पनि तुरुन्त राजिनामा दिएर नैतिकताको पाठ पढाउदै राजिनामा दिएकि हुन्। उनि जस्तो मन्त्रीले राजिनामा दिनु देश कै लागि दुर्भाग्य हो।

