काठमाडौँ । आजको प्रतिनिधि सभा बैठक चलिरहँदा बिचैमा एकाएक ढल्न पुगेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी आफ्नै कुर्सीबाट एकाएक ढल्न पुगेका थिए ।
उनी ढलेसँगै संसद् सचिवालयकै स्वास्थ्य इकाइमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर थप उपचारका लागि वीर अस्पताल लगिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनु भएको छ ।
बल्डप्रेसर हाइ भएर उनी एकाएक ढल्न पुगेको बताइएको छ । उनमा ग्लुकोजको मात्रा बढी भएको प्रारम्भिक स्वास्थ्य जाँचका क्रममा देखिएको छ ।

